प्रधानमन्त्री केपी शर्मा ओलीले १५ महिनापछि सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए। उनले भने, “एमाले र कांग्रेस जस्ता पुराना पार्टीले संविधानको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिनेछन्।” प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कने सपना पूरा नहुने समेत स्पष्ट पारे।

