रविको पक्षमा लाखौ हस्ताक्षर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेका पक्षमा करिब २५ लाख हस्ताक्षर संकलन गरेको दाबी गरेको छ । बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर रास्वपाले पार्टी सभापति लामिछाने विरुद्ध राज्यले प्रतिशोध साँधेको भन्दै चलाएको अभियानमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जानकारी दिएको हो । लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै राजनीतिकर्मी, कलाकार र जनताले हस्ताक्षर गरेका छन् । असार ७ बाट सुरु अभियान अब गाउँतहसम्मै पुर्याउने तयारीमा रास्वपा पंक्ति लागेको छ ।


