काठमाडौं, राजन थापा साउन ४ –
धार्मिक, सामाजिक र स्वास्थ्य सेवाको अद्वितीय समन्वयसँगै पशुपतिनाथ मन्दिर परिसरमा आज एक भव्य सामाजिक सेवा कार्यक्रम सम्पन्न गरिएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ I की गभर्नर लायन पार्वती खरेल पाण्डे PMJF को नेतृत्वमा सम्पन्न कार्यक्रममा त्रिपक्षीय सहकार्य (MOU), निःशुल्क स्वास्थ्य सेवा र खाद्यान्न वितरण जस्ता महत्वपूर्ण कार्यहरू एकैसाथ सम्पन्न भएका छन्। धार्मिक स्थलमै पहिलोपटक त्रिपक्षीय MOU कार्यक्रमको विशेष उपलब्धिका रूपमा गभर्नर पार्वती खरेल पाण्डेले ॐ समाज डेन्टल अस्पताल र ग्रीनसिटी अस्पतालसँग साझेदारी सम्बन्धी सम्झौता (MOU) सम्पन्न गरेकी हुन्। धार्मिक स्थलमै पहिलोपटक स्वास्थ्य संस्थासँग औपचारिक सहकार्य गरी सेवा अभियान सुरु गरिएको यस पहललाई ऐतिहासिक कीर्तिमानको रूपमा लिइएको छ।
भक्तजनका लागि निःशुल्क स्वास्थ्य सेवा
कार्यक्रम अन्तर्गत आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सयौं भक्तजनले सेवा पाएका छन्। शिविरमा दन्त, नाडी परीक्षण, प्राथमिक उपचार लगायतका सेवाहरू प्रदान गरिएको थियो। सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू: ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखा डा. गौरी श्रेष्ठ (दन्त चिकित्सक) सहायक: जुनु पण्डित शाखा प्रमुख: सबिना पपन गुरुङ सहायक: दुर्गा न्यौपाने
ग्रीनसिटी अस्पताल
AHW: जोती पुन मगर
स्टाफ नर्स: मिना नेपाली खाद्यान्न वितरणमा १० लायन्स क्लबको सहभागिता
लायन्स क्लब अफ काठमाडौं टेम्पल गणेशको संयोजनमा सम्पन्न खाद्यान्न वितरण कार्यक्रममा १० वटा लायन्स क्लबहरूको संयुक्त सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी क्लबहरूद्वारा सयौं परिवारलाई आवश्यक खाद्य सामग्री प्रदान गरिएको थियो।
सहभागी क्लबहरू:
१. लायन्स क्लब अफ काठमाडौं टेम्पल गणेश
२. लायन्स क्लब अफ काठमाडौं महा मर्युरी
३. लायन्स क्लब अफ काठमाडौं वन्डर वमन
४. लायन्स क्लब अफ काठमाडौं विभूति
५. लायन्स क्लब अफ काठमाडौं सद्भाव
६. लायन्स क्लब अफ काठमाडौं सारथी
७. लायन्स क्लब अफ काठमाडौं रञ्जना सिस्टर
८. लायन्स क्लब अफ काठमाडौं बालकुमारी सांङ्ला
९. लायन्स क्लब अफ काठमाडौं जोस
१०. लायन्स क्लब अफ काठमाडौं गृहालक्ष्मी खाद्यान्न सामग्री विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समिति लाई समेत औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।“Serve, Lead & Rise” भन्ने लायन्स क्लबको नारालाई व्यवहारमा उतार्दै गरिएको यो कार्यक्रमले धार्मिक स्थललाई सामाजिक उत्तरदायित्वको केन्द्रका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको सहभागीहरूको धारणा छ। गभर्नर खरेलको अगुवाइ, संस्थागत सहकार्य र स्वयंसेवकहरूको समर्पणले यस कार्यक्रमलाई प्रेरणादायी बनाएको बताइएको छ। धार्मिक श्रद्धा, सामाजिक सेवा र स्वास्थ्य चेतनाको संगम बनेको यो कार्यक्रमले लायन्स अभियानलाई नयाँ आयाम दिएको छ। भविष्यमा यस्ता सहकार्यहरू अझै सशक्त ढंगले अघि बढ्ने विश्वास सिबिर संचालक थापा ले व्यक्त गरेका छन्।तेस्तै गरि MOU गर्ने समयमा ॐ समाज डेण्टल बनस्थलि शाखा प्रमुख भन्छिन याे नै हाम्राे पनि पहिलाे रेकड हाे तेस्तै ग्रीन सिटिअस्पताल का बजार प्रमुख श्रि krishna bidari पनि भन्नु हुन्छ हाम्राे अस्पताल ले पनि पहिलाे रेकड हाे यस्ताे पबित्र भुमि मा अाएर M O U गर्दा अस्पताल परिवार नै खुसि छाै साथै अायाेजक र सहजिकरण काे भुमिका निभाउने सबैलाई धन्यबाद भन्न चाहान्छु


