बुढानीलकण्ठ युवा परिषद् वडा नं. ८ को आयोजनामा र काष्ठमण्डप विद्यालय/ए-लेभलको सहकार्यमा SEE प्रशंसा कार्यक्रम सम्पन्न भयो। वडा नं. ८ का SEE परीक्षार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो। कार्यक्रमलाई सांगीतिक प्रस्तुतीहरूले मनोरञ्जनात्मक बनायो।
काष्ठमण्डप ए-लेभल समन्वयकर्ता यादव थपलियाले परामर्श सत्रमार्फत विद्यार्थीहरूलाई भविष्यका लागि प्रेरणा प्रदान गर्नुभयो। प्रमुख अतिथि उपमेयर अनिता लामाले प्रेरणादायी मन्तव्य दिनुभयो। विशेष अतिथिहरू सुमन तामाङ, गोपाल डंगोल, बिराज राणा, यादव थपलिया, पवन अधिकारी, हिरा गुरुङ, रिचार्ड गोम्स र सिद्धार्थ रजकको उपस्थिति उल्लेखनीय रह्यो।
परिषद्का अध्यक्ष सृजन डंगोलले युवामैत्री कार्यक्रमहरू निरन्तर ल्याउने प्रतिबद्धता जनाउँदै विद्यार्थीहरूलाई उत्साहित गर्नुभयो। सम्पूर्ण युवा परिषद् टोलीको सक्रिय सहभागिताले कार्यक्रम सफल बनायो।
यो कार्यक्रम बुढानिलकण्ठ युवा परिषद्-०८ द्वारा हिजो संचालन गरिएको थियो। (१७ जेठ २०८२, शनिबार)
