मिति २०८२ साल भाद्र १७ गते संस्कृति स्कुल, ठुलो भर्याङ्,काठमाडौँले साक्षरता सप्ताहको अवसरमा कक्षा ८ का शिक्षार्थीहरूका लागि एक विशेष कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा ख्यातिप्राप्त लेखक तथा सम्पादक श्री धिरकुमार श्रेष्ठज्यूलाई प्रमुख पाहुनाको रूपमा आमन्त्रण गरिएको थियो ।
श्रेष्ठज्यूले आफ्नो दीर्घ साहित्यिक अनुभवहरू आकर्षक तरिकाले प्रस्तुत गर्नुका साथै विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया पनि गर्नुभयो । उहाँका जीवन अनुभव र लेखन यात्राका प्रसङ्गहरूले विद्यार्थीहरूलाई प्रेरणादायी ऊर्जा प्रदान गरे । त्यस अवसरमा उहाँले आफ्नै सिर्जनाबाट एउटा सुन्दर कथा पनि वाचन गर्नुभयो । उहाँको भावनात्मक र रोचक प्रस्तुतिले विद्यार्थीहरूमा साहित्यप्रतिको गहिरो चासो, रुचि र उत्साह जागृत गर्यो ।
यसरी सम्पन्न साक्षरता सप्ताहको यस अन्तरक्रियात्मक कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलतालाई अझ प्रोत्साहन गर्दै साहित्यिक यात्राको प्रेरणादायी बाटो देखाइदिएको छ ।


