भातृसंस्था तदर्थवादबाट पार्टिको आन्तरिक लोकतन्त्रमा प्रश्न उठ्यो : केन्द्रीय सदस्य विनोदकुमार शाही
नेपाल बिधार्थी संघका प्रभावशाली केन्द्रीय सदस्य विनोद शाही ठकुरीले नेपाली कांग्रेसमा भातृसंस्था तदर्थवादबाट चलाईनुले कांग्रेस पार्टिमा आन्तरिक लोकतन्त्र कमजोर संगै समय सापेक्ष नभएको आरोप लगाएका छन ।
बिधार्थी र युवाको क्षेत्रमा क्रियाशिल बिधार्थी नेता शाहीले सामाजिक संजालमा प्रश्न उठाएका छन । उनले भातृसंस्था लाई नियमित अधिबेशन हुन नसकेको र महाधिबेशन उन्मुख गर्न पार्टि पदाधिकारीले मुख्य जिम्मेदारी बहन गर्न नसकेको लक्षित टिप्पणी गरेका छन ।
मुख्य सत्ता साझेदार पार्टि नेपाली कांग्रेसका भातृसंस्थाहरु ने वि संघ महिला संघ, नेपाल तरुण दल , किसान संघ लगायतका थुप्रै भातृ शुभेच्छुक संस्थालाई महाधिबेशन गराउन निर्देशक समिति बनाए पनि अधिबेशनको लागी कुनै प्रारम्भ गरिसकेका छैनन्।


