बुढानीलकण्ठ नगरपालिकाको नगर सभाको १६ औँ अधिवेशन शुरु

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकाको नगर सभाको १६ औँ अधिवेशन आजबाट प्रारम्भ भएको छ ।

आज बुढानीलकण्ठ नगरपालिकाको नगर सभाहल, हात्तीगौंडा, काठमाडौंमा आयोजित सभामा नगर प्रमुख मिठाराम अधिकारीले आगामी आर्थिक बर्ष २०८२/८३ को लागी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नगर सभाको आगामी बैठक आगामि असार ०१ गते बस्ने तयारी गरिएको बताइएको छ ।