नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनरत शिक्षकलाई धैर्य, अनुशासन र मर्यादित रहन आग्रह गरेका छन्। उहाँले आज दिउँसो १२ बजे माइतीघरमा उपस्थित भएर बानेश्वरतर्फको जुलुसमा सहभागी हुन भनेका छन्।
“अझ केही दिन संयमित भएर लागौँ, हाम्रो विजय सुनिश्चित छ,” सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्। उग्रता र भड्काउबाट बच्न र आन्दोलनस्थल सफा राख्न पनि उनले शिक्षकहरूलाई आग्रह गरेका छन्।

