काठमाडौं राजन थापा
ईशान बाल तथा महिला अस्पतालले आफ्नो ३०औं वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न गरेको छ। तीन दशक लामो सेवायात्राको स्मरणमा आयोजित कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, समुदायका प्रतिनिधि तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रममा संस्थापक सदस्यहरूले अस्पताल स्थापना गर्दा भोगिएका चुनौती र कठिनाइहरूबारे अनुभव साझा गर्दै अस्पतालले बालबालिका र महिलाको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानलाई स्मरण गरे।
समारोहको मुख्य आकर्षण दीर्घकालीन रूपमा सेवा दिएका चिकित्सक र स्वास्थ्यकर्मीप्रति गरिएको सम्मान थियो। अस्पताल प्रशासनले ३० वर्षदेखि निरन्तर खटिएका कर्मचारीलाई दोसल्ला, सम्मानपत्र र स्मृति चिन्ह प्रदान गर्दै कृतज्ञता प्रकट गर्यो। सम्मान ग्रहण गर्ने क्रममा चिकित्सकहरूले आफ्नो जीवनलाई मातृ–शिशु स्वास्थ्य सुरक्षामा समर्पण गर्न पाएकोमा गर्व व्यक्त गर्दै आगामी दिनमा अझ जिम्मेवारीपूर्वक सेवा गर्ने प्रतिबद्धता जनाए।
त्यस अवसरमा बालबालिकाहरूले प्रस्तुत गरेका गीत, नृत्य र सांस्कृतिक कार्यक्रमहरूले वातावरणलाई झन् जीवन्त बनाए। केही अभिभावकहरूले आफ्ना अनुभव सुनाउँदै अस्पतालको उपचार सेवाले बच्चाको जीवन बचाएको प्रसंग स्मरण गर्दा उपस्थितहरू भावुक बने।
अस्पताल प्रशासनले विगत तीन दशकमा सञ्चालन गरिएका निःशुल्क स्वास्थ्य शिविर, मातृ–शिशु स्वास्थ्य सचेतना कार्यक्रम, ग्रामीण क्षेत्रमा खोप अभियानलगायतका गतिविधि प्रस्तुत गर्दै आगामी दिनमा आधुनिक प्रविधि र दक्ष जनशक्ति थपेर सेवा विस्तार गर्ने योजना सार्वजनिक गर्यो।
समापन भाषणमा अस्पतालका निर्देशकले भने, “३० वर्ष हाम्रो लागि मात्र इतिहास होइन, भविष्यतर्फको मार्गदर्शन हो। अबको यात्रा अझ आधुनिक र सर्वसुलभ स्वास्थ्य सेवातर्फ हुनेछ।”
ईशन बाल तथा महिला अस्पताल ३० औँ वार्षिकोत्सव जारी गरिएको प्रेस बिज्ञप्प्ती
ईशन बाल तथा महिला अस्पतालले आफ्नो स्थापना दिवसको ३० औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै आएको छ । यस अवसरमा विगतका उपलब्धिहरू, वर्तमान सेवाहरू, आगामी योजनाहरू र भविष्यको लक्ष्यबारे जानकारी गराइएको छ ।
स्थापना र ऐतिहासिक पृष्ठभूमि
२०५२ साल कृष्णाष्टमीको दिन नेपालकै पहिलो निजीस्तरको बाल अस्पतालको रुपमा ईशन बाल नर्सिङ होम १५ शय्याको क्षमतासहित महाराजगञ्ज चोकबाट सुरु गरिएको थियो । त्यतिबेलादेखि नै बाल उपचारमा विशेष योगदान दिंदै आएको यस संस्थाले पछि महिला, प्रसूति र अन्य विभिन्न विषयगत सेवाहरू थप गर्दै निरन्तर विस्तार गरेको छ । २०६९ सालमा बायबाय चौकमा स्थानान्तरण भई ईशन बाल तथा महिला अस्पताल नामबाट सेवा प्रदान गर्न सुरु गरियो ।
२०७९ बैशाख २४ गते बायबाय चौक, विमानस्थल सडक, टोल–५ मा २५० मिटर क्षेत्रफलमा बनेको आधुनिक भवनमा स्थानान्तरण भएको यो अस्पताल अहिले आधुनिक स्वास्थ्य सेवा, सुलभ मूल्यमा उपचार, आन्तरिक–बाह्य रोगी सेवासहित Multipsecialty र Superspecialty अस्पतालको रुपमा विकास भएको छ । यसले ISO 9001 : 2015 Quality Management System Certification समेत प्राप्त गरेको छ ।
उपलब्ध सेवा र सुविधा
अस्पतालमा विभिन्न विषयका १० जनाभन्दा बढी वरिष्ठ विशेषज्ञ चिकित्सकसहित बाल रोग, महिला तथा विभिन्न विषयगत सुपर स्पेसलिटी र मल्टिस्पेसलिटी सेवाहरू उपलब्ध छन् ।
विशेष सेवाहरू :
बाल शल्यक्रिया, बाल युरोलोजी, बाल हाडजोर्नी, बाल ENT, बाल दन्त सेवा, बाल नेत्र सेवा, बाल हेमाटोलोजी–अनकोलोजी, बाल ग्यास्ट्रो–एन्ट्रोलोजी, बाल कार्डियोलोजी, बाल एलर्जी, बाल न्युरोलोजी, बाल एन्डोक्राइनोलोजी आदि ।
महिला तथा प्रसूति सेवा
ICU (NICU, PICU, SPECIAL ICU), HDU, Pediatric Echo, TVS, 4D Ultrasound, CT Scan, IVF सेवा, बैंक तथा ब्लड बैंक सेवा
Pediatric Laparoscopic Surgery, Adult Laparoscopic Surgery, Gynecology & Obstetric Laparoscopy, General & Gastro Surgery, Endoscopy & Colonoscopy
Multidisciplinary Clinic (Down Syndrome र Autism का लागि विशेष)
Emergency (Accident & Trauma) सेवा
Super Specialty Clinics
नियमित सेवा :
हरेक दिन शनिबारसहित निजी बाह्य सेवा
सरकारी खोप सेवा : सोमबार र बिहीबार
आगामी योजना
१०० शय्याको सेवा सुविधा नजिक भविष्यमा सञ्चालन गर्ने योजना
Medical Tourism को रुपमा यसलाई विकसित गर्ने लक्ष्य
अस्पताललाई “Center of Excellence” बनाउने दीर्घकालीन दृष्टि
सामाजिक उत्तरदायित्व (CSR)
निःशुल्क स्वास्थ्य शिविर
विद्यालयहरूमा स्वास्थ्य सचेतना कार्यक्रम
गुणस्तरीय स्वास्थ्य सेवा पहुँचका लागि विभिन्न बैंक, संस्था, इन्टरनेशनल संस्थाहरूसँग सहकार्य
अस्पताल नेतृत्वको भनाइ
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रामनन्दन प्रसाद चौधरीका अनुसार –
“विगत ३० वर्षदेखि यस संस्थाले विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । भविष्यमा अझ प्रभावकारी सेवा विस्तारका लागि हामी सबैको निरन्तर सहयोग र सहकार्यको अपेक्षा गर्दछौं । हाम्रो उद्देश्य गुणस्तरीय उपचार सुलभ मूल्यमा उपलब्ध गराउँदै नेपालकै मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीय अस्पतालको रुपमा विकास हुनु हो ।”
सम्पर्क
वेबसाइट : www.ishanhospital.com
प्रमुख परिचालन अधिकृत : रामेश्वर कार्की – 9749320295
हेल्पडेस्क : 9869526159 / 9846991669
कार्यकारी निर्देशक : प्रा.डा. रामनन्दन प्रसाद चौधरी


