नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व सांसद् विशाल भट्टराईले कुनै पनि अवस्थामा राजा नफर्किने बताउनुभएको छ । उहाँले ज्ञानेन्द्र शाह इतिहासकै नालायक राजा भएकाले फेरि राजतन्त्र फर्किने सम्भवना शून्य रहेको बताउनुभयो । आफू जर्मनी जादा हिटलरको प्लेकार्ड् बोकेर हिडेका मान्छे देखेको आफुले ती मान्छेको फोटो पनि खिचेको आज नेपालमा पनि दुई चार जना सडकमा आएका छ्न तेस्तोले केही हुदैन । राजा ज्ञानेन्द्रले लोकप्रीयता गुमाई सकेका उनी आउने संभावना नरहेको बताउनु भयो। बिचार सिद्धान्तले पनि उनी आउने संभावना छैन।अहिलेको संबिधानले पनि उनी फर्किने बाटो बन्द गरिदिएको बताउनु भयो। अहिले आफुहरुले ल्याएको राजनीति प्रणाली ठिक छ। मुलभुतरूपमा एक दुई कुरा बदलिन सक्छ ती भनेका राजनीतिमा अस्थिर चिजका बादक बदल्छौ । कुनै एक पार्टीले बहुमत ल्याउने गरेर बदलछौ। एक सिट ल्याउने लाई पनि मन्त्री चाहिने त्यो पनि पाँच बर्षको लागि मन्त्री चाहिने हो तेस्तो प्रणाली बदल्छौ। ८३ साल असार २९ गते प्रधानमन्त्री केपि शर्मा ओलिले नेपाली काङ्ग्रेसका शभापती सेर बहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने उहाँले बताउनु भयो। सहकारिमा जनताले गरेको बचत पैसा फिर्ता हुन्छ पैसा खाएर लुक्ने ब्याक्तिलाई सरकारले लिस्टमा राखेको र सबै छिटै पक्राउ पर्ने र जनताको वचत फिर्ता हुने उहाँले बताउनु भयो।



