समितिले प्रथम सेवा बिन्दुमा उपलब्ध हुने सेवामा प्रष्टताका लागि समेत सुझाव दिने कार्यादेश पाएको छ। यसका अलावा बिरामी रेफर गर्ने अवस्था तथा विधिसमेत समितिले निर्धारण गर्नेछ।
समितिलाई आधारभूत सेवाबाहेक बीमामार्फत प्राप्त हुने सेवा प्याकेजसमेत निर्धारणका लागि कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
मन्त्रालयका उपचारात्मक सवा महाशाखाका वरिष्ठ मेसु डा. अमृत पोखरेललाई सदस्यसचिव तोकिएको छ।
कतिपय अवस्थामा आधारभूत स्वास्थ्य सेवामा दोहोरोपना देखिएकाले त्यसलाई सुधार गरी मापदण्ड बनाउन समिति गठन गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
हाल विभिन्न सरकारहरुले आधारभूत सेवामा निःशुल्क औषधिका लागि रकम विनियोजन गरे पनि स्वास्थ्य बीमामा समेत दाबी आउँदा भुक्तानी दायित्व बढेको छ।
यसका लागि उनले विज्ञ समिति गठन गरेका छन्। स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. राजेन्द्र पन्तको नेतृत्वमा समिति गठन गरिएको हो। समितिमा जनस्वास्थ्य विज्ञ भोगेन्द्र डोटेल, विज्ञ राम भण्डारी र मन्त्रालयकी मेसु डा. सुनिता लम्साल सदस्य छन्।
मन्त्रालयका उपचारात्मक सेवा महाशाखाका वरिष्ठ मेसु डा. अमृत पोखरेललाई सदस्यसचिव तोकिएको छ।



