स्वतन्त्र देशभक्त राष्ट्रिय माेर्चा, नेपालकाे ‘गाेलमेच अन्तरकृया’ काठमाडौंमा सम्पन्न

२०८१/११/२१/ काठमाडौं ।

स्वतन्त्र देशभक्त राष्ट्रिय माेर्चा, नेपालकाे ‘गाेलमेच अन्तरकृया’ काठमाडौंमा सम्पन्न भयाे । कार्यक्रम माेर्चाका केन्द्रीय संयाेजक दीननाथ घिमिरेकाे अध्यक्षता एवम् नेकपा (माले) का महासचिव सीपी मैनालीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे ।
कार्यक्रममा बाेल्ने सबै बक्ताहरुले खासगरी नेपाली काँग्रेस, एमाले, माअाेवादी लगाएतका दलहरु विदेशपरस्त भएको, वाह्य हस्तक्षेप र अनुचित प्रभाव बढेकाे, उनिहरुका गलत नीति, संकिर्ण स्वार्थ, भ्रष्ट अाचरण, सत्तालाेलुप प्रवृत्तिले गर्दा देश झन पछि झन कमजाेर बन्दै गएकाे हुदा यसबाट माथि उकास्न सबैखाले देशभक्तहरु एकजुट भई तत्काल अान्दाेलनमा जानुपर्ने समान धारणा ब्यक्त गरे ।
कार्यक्रममा बरिष्ठ बामपंथी नेता माेहनचन्द्र अधिकारी (जसलाई नेपालका नेलसन मण्डेला भनेर समेत चिनिन्छ, उहाँ राजनीतिक आन्दाेलनका क्रममा २३ असाेज, २०३० देखि १९ पुस, २०४६ सम्म/ १७ वर्ष जेल बस्नु भएको), पुर्वमन्त्री देवि अाेझा, पुर्वप्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, राजनीतिज्ञ तथा बुद्धिजीवी देवराज अधिकारी, विपि काँग्रेसका महामन्त्री देवेन्द्र पाैडेल, समाजवादी काँग्रेसका अध्यक्ष गाेविन्द निराैला, प्राेफेसर राजकुमार पाेखरेल, विश्वहिन्दु युवा परिषद्का अध्यक्ष ऋषिकेशजंग शाह, अभियन्ता शम्भु थपलिया लगाएत विभिन्न पार्टीका नेता तथा स्वतन्त्र अभियन्ताहरुले आज आफ्नाे धारणा राखेका थिए ।
माेर्चाका केन्द्रीय सदस्य सुदर्शन लनमिछानेकाे स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमकाे सहजिकरण माेर्चाका सचिव विनाेददेव पन्तले गरेका थिए ।