सुरेन्द्र ढकाल प्रतिष्ठानको आयोजना तथा प्रायोजन र प्रशंसा सिर्जनशील महिला समाज ववरमहलको संयोजनमा २०औं झोलमल उत्पादन तालीम सम्पन्न


आज मिति २०८२ साल वैशाख २८ गते आइतवारका दिन सुरेन्द्र ढकाल प्रतिष्ठानको आयोजना तथा प्रायोजन र प्रशंसा सिर्जनशील महिला समाज ववरमहलको संयोजनमा २०औं झोलमल उत्पादन तालीम सम्पन्न भयो । बबरमहल र वरपरका स्थानका ४१ जना महिलाहरुले भाग लिनु भएको उक्त तालीम समाजका अध्यक्ष दु्रपदा शाहीको स्वागत मन्तब्यबाट शुरु भएको थियो । प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले प्रयोगात्मक विधिबाट संचालन गर्नु भएको उक्त तालीममा तालीमपश्चात १५ दिनमै झोलमल उत्पादन हुन शुरु भए पछि करेशा वा कौशीवारीमा के कस्ता उपयोगी जडिबुटी वा तरकारी लगाउन सकिन्छ भन्ने वारेमा मदन वास्तोलाले प्रकाश पार्नु भएको थियो । तालीम सफल रहेको वा नरहेको भन्ने वारे सहभागीहरुको तर्फबाट आफनो मन्तब्य राख्दै ललिता ठकुल्ला तथा बसन्ती भट्टले तालीम निकै उपयोगी भएको र यस्ले सहभागी महिलाहरुलाई करेशावारी र कौशीखेतीगर्न उत्साहित गरेको भन्दै तालीम आयोजना गरेकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नु भयो । उक्त अवशरमा समाजका अध्यक्ष दु्रपदा शाहीले प्रमुख प्रशिक्षक सुरेन्द्र ढकाल, प्रशिक्षक मदन वास्तोला र श्वंयसेवी सुजित थापालाई नेपाली ढाकाको टोपी लगाइ सम्मान गर्नु भएको थियो । तालीम पश्चात प्रतिष्ठानले सबै सहभागीहरुलाई प्रमाण पत्र लगायत एक एक पोलिथिन ड्रम र एकएक बोतल जिवाणु निशुल्क वितरण गरेको थियो भने सहभागी महिलाहरुले सुदुर पश्चिम प्रदेशको लोकगीत तथा नृत्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको ब्यवस्थापन सुजित थापाबाट भएको थियो ।