सुरेन्द्र ढकाल प्रतिष्ठानको आयोजना तथा प्रायोजन र सहयोगी नगर टोल सुधार समिति कोटेश्वरको संयोजनमा १९औं झोलमल उत्पादन तालीम सम्पन्न


आज मिति २०८२ साल वैशाख २७ गते शनिवारका दिन सुरेन्द्र ढकाल प्रतिष्ठानको आयोजना तथा प्रायोजन र सहयोगी नगर टोल सुधार समिति कोटेश्वरको संयोजनमा १९औं झोलमल उत्पादन तालीम सम्पन्न भयो । शंखमूल, कोटेश्वर लगायत अन्य स्थानका ५५ जना महिला र पुरुषहरुले भाग लिनु भएको उक्त तालीम समाजका अध्यक्ष धर्मराज मैनालीको स्वागत मन्तब्यबाट शुरु भएको थियो । प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले प्रयोगात्मक विधिबाट संचालन गर्नु भएको उक्त तालीममा तालीमपश्चात १५ दिनमै झोलमल उत्पादन हुन शुरु भए पछि करेशा वा कौशीवारीमा के कस्ता उपयोगी जडिबुटी वा तरकारी लगाउन सकिन्छ भन्ने वारेमा मदन वास्तोलाले प्रकाश पार्नु भएको थियो । तालीम सफल रहेको वा नरहेको भन्ने वारे सहभागीहरुको तर्फबाट आफनो मन्तब्य राख्दै लक्ष्मी पाण्डे भट्ट र पार्वती वाण्डे ले तालीम निकै उपयोगी भएको र यस्ले सहभागी महिलाहरुलाई करेशावारी र कौशीखेतीगर्न उत्साहित गरेको भन्दै तालीम आयोजना गरेकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नु भयो । उक्त अवशरमा समाजका अध्यक्ष धर्मराज मैनालीले प्रमुख प्रशिक्षक सुरेन्द्र ढकाल, प्रशिक्षक मदन वास्तोला र श्वंयसेवी सुजित थापालाई रुद्राक्षको माला लगाइ सम्मान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा समाजकी उपाध्यक्ष सरिता खनालले सहभागी र आयोजक सबैलाई तालीम सफलताका साथ सम्पन्न भएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो तालीम पश्चात प्रतिष्ठानले सबै सहभागीहरुलाई प्रमाण पत्र लगायत एक एक पोलिथिन ड्रम र एकएक बोतल जिवाणु निशुल्क वितरण गरेको थियो । कार्यक्रमको ब्यवस्थापन सुजित थापाबाट भएको थियो ।