जर्मनीमा भएको आम निर्वाचनमा कन्जरभेटिभ सीडीयू पार्टी देशको संसदमा सबैभन्दा ठूलो दल बनेको छ। सीडीयू पार्टीका नेता फ्रेडरिक मेर्ट्जले आज आफूहरुले विजय उत्सव मनाइरहेको र भोलि काम गर्ने जनाएका छन्।
अल्टरनेटिभ फर जर्मनी पार्टी (एएफडी) दोस्रो र सोसल डेमोक्रेटिक पार्टी तेस्रो स्थानमा आएको छ।



