सांसद सूर्य थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका छन्।
लिङ्देनले ओलीलाई आन्दोलन चर्किएमा “हेलिकप्टरमार्फत भाग्ने सुविधा दिनुपर्ने” भनेपछि थापाले भनेका छन्, “बहालवाला प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको व्यवस्था गर्नुपर्ने कुरा गर्नु भयो, थाहा भयो।”
थापाले आन्दोलनबाट आएको नेतृत्वले पनि ‘फर्गिभ नट फर्गेट’ को नीति अपनाएको स्मरण गराउँदै लिङ्देनको सोचलाई ‘नउम्रिँदै तीन पात देखिएको’ भन्दै टिप्पणी गरेका छन्।



