सहकारीमा एकै व्यक्ति सञ्चालक र कर्मचारी हुन रोक, तीन महिना भित्र छाड्नु पर्ने

काठमाडौं :  वार्षिक दुई करोडभन्दा बढी कारोबार गर्ने सहकारीका सञ्चालकलाई कर्मचारी रहेर काम गर्न रोक लगाएको छ।

नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरेको निर्देशन तथा मापदण्ड २०८१ मा यस्तो व्यवस्था गरेको हो । यदी सञ्चालक र कर्मचारी एकै व्यक्ति भएको भए कुनै एक पद तीन महिना भित्र छाड्नुपर्ने जनाएको छ ।

तर, वार्षिक २ करोडभन्दा कम कारोबार गर्ने सहकारीमा सञ्चालक कर्मचारीको रुपमा काम गर्न बाधा नपर्ने जनाएको छ ।

त्यस्तै सञ्चालक र कर्मचारीहरुले आर्थिक वर्ष समाप्त भएको ३५ दिन भित्र सम्पत्ति विवरण तोकिएको ढाँचामा प्रकाशन गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ।

राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा मापदण्ड आजै (चैत्र २१) गतेबाट लागू भएको छ।