सरकार र आन्दोलनरत शिक्षकबीच शनिबार बिहान ७:३० बजे सिंहदरबारमा वार्ता हुने भएको छ। आज पास नपाएर वार्ता हुन नसकेको शिक्षक नेताहरूले बताएका छन्। शिक्षामन्त्री रघुजी पन्तको पहलमा हुने वार्ता निर्णायक हुने शिक्षक महासंघको आशा छ। महासंघ अध्यक्ष सुवेदीको नेतृत्वमा २५ जनाको टोली वार्तामा सहभागी हुनेछ।



