राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आन्दोलन सुरु गरेको छ । जनमोर्चाले चैत २४ गतेदेखि काठमाडौंको विभिन्न भागमा संघीयताविरुद्ध प्रदर्शन गरिरहेको छ । मंगलबार माइतीघर मण्डलामा आयोजित सभालाई सम्बोधन गर्दै महासचिव मनोज भट्टले नेपालका कुनै पनि दल संघीयताका जननी नभएको आरोप लगाए ।



