२०८१/११/२2 काठमाडौ

शिक्षक सोच हो। त्यसैले उसँग विद्यालय, विद्यार्थी र शैक्षिक उन्ननयनमा लागि मात्र शैक्षिक गुणस्तर कायम गराउने आधार तयार गरी त्यसैमा लाग्नसक्नुपर्छ।
- शास्त्र शिकाउने शिक्षकले शस्त्र चलाउन पनि सक्छ। शिक्षकको अस्त्र भनेको सोच नै हो।- सदैव शस्त्र ऋषिले चलाउन हुँदैन भन्ने ऋषि जमदग्निले उनको कामधेनु गाईको सुरक्षाको लागि तत्कालिन राजा सहर्ष वाहु कात्तिके बीर अर्जुनसँग हतियार चलाउन परेको थियो। त्यो समयको माग थियो।
- शिक्षक नेतृत्वले बुझ्नु पर्छ शिक्षक आन्दोलन दुईवटा समयमा गर्नुहुँदैन: परीक्षाको समय र विद्यार्थी भर्नाको समय ।
- शिक्षकले झुण्ड तयार नगरोस तर नेतृत्व तयार गरोस ।
- शिक्षक नेतृत्वले संघीय, प्रदेश र स्थानीय सरकारलाई धावा बोल्ने सामर्थ्य राख्छ सक्नुहुन्छ। संयुक्त रुपमा राजिनामा सहित २०८४ को स्थानीय,प्रदेश र संघीय सरकारको चुनावमा पुराका पुरा शिक्षक राजनितीमा हुम्ने छ । यो सम्भव छ। राजनीतिको बारेमा सिकाउने शिक्षक राष्ट्रले मागेको बेला सदैव शिक्षकलाई गरिएको अपमानको सबल सिकाउनको लागि भने पनि शिक्षक नेतृत्वले त्यो आँट गर्न सक्नुपर्छ। यो सम्भव छ। काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन्द्र शाह, धरानका हर्क साम्पाङ र धनगढीका गोपी हमालले स्वतन्त्र रुपमा उठेर चुनावमा सफलता हाँसिल गरेका छन् भने ७७ जिल्लाका विद्यालयहरुमा ज्ञान दिने शिक्षक चुनावमा भाग लिने आँट गर्छन् भने विद्यार्थी र अभिभावक आफ्ना शिक्षकहरुलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको नेतृत्व गर्न सक्छन् । बास त्यति मात्र हो शिक्षक एकता अपरिहार्य छ। शिक्षक एक भएर लाग्ने हो भने वडा सदस्य देखि संघीय सदस्य सबै बन्न सक्ने सामर्थ्य राख्छ। त्यसको याद र चुनौती वर्तमान सरकार र सरकारसँग सम्बन्धित राजनैतिक दलका नेतृत्वलाई दिन सक्नुपर्छ।
- शिक्षक नेतृत्वले गर्नैनहुने कार्य चाकडी हो तर वर्तमानका शिक्षक नेतृत्वहरु यसैमा रमाइरहेका छन । जसले गर्दा समग्र शिक्षक अपमानित भएको छ।
- शिक्षक सत्य बोल्न सक्नुपर्छ। शिक्षकले आफ्नो अधिकारको लागि मात्र होइन , शिक्षकका पुन्ज विद्यार्थीको बारेमा बोल्न सक्नुपर्छ। उनीहरुको नेपालको संविधान २०७२ ले ज्ञारेन्टी गरेको हक माध्यमिक तहको शिक्षा निशुल्क उपलब्ध गराउनको लागि शिक्षक नेतृत्वले आवाज निकाल्नुपर्छ।
- रुकुम रोल्पा वा कर्णाली वा अन्य विकट क्षेत्रका शिक्षक अगिल्लो वर्ष काठमाडौं आन्दोलनमा सरिक हुँदै गर्दा करिव एक वर्षको पारिश्रमिक खर्च गर्यो तर त्यो बेलामा शिक्षक नेतृत्वले गलत गर्यो । शिक्षक आन्दोलन सडकमा अलपत्र छोडेर भाग्यो । पछि गएर राहत शिक्षकले केही दिन बढी सडकमा रह्यो सरकारसँग केही सम्झौता गर्न पुग्यो। अहिले शिक्षकलाई सडकमा छोडेर सम्झौता गरी शिक्षक आन्दोलन बन्दाम गर्ने नेतृत्व नै शिक्षकका नेता भएकोले शिक्षक तुरुन्तै विश्वास गर्ने अवस्थामा छैनन्। त्यसैले शिक्षक नेतृत्व सुध्रिनु जरुरी छ।
- शिक्षक नेतृत्व होस वा राजनैतिक नेतृत्व होस उसले सरकारसँग माग गर्दैगर्दा सुदामा निति अबलम्बन गर्नु जरुरी छ। सुदामाले भगवान कृष्णलाई आदा सितो भात अर्पण गर्दा उनेले भनेका थिए- संसारका भोका जिवजीवात्माको भोक मेटियोस। उनले सिधा आफ्नो लागि मागेनन तर समग्र भोका समुहको लागि माग गरे। त्यसभित्र आफुपनि परे। त्यो सामर्थ्य बुझ र सुझ सबै प्रकारका नेतृत्वमा हुनु जरुरी छ।
- शिक्षकलाई हेप्ने विभिन्न तहका गलत निर्णय र नेपालमा धेरै संविधान परिवर्तन हुँदै गर्दा राजा महेन्द्रको शिक्षा ऐन २०२८ बाट नै संचालित हुनुपर्दा नेपालको राजनैतिक नेतृत्वले नेपालका शिक्षकलाई मट्याङग्रोको रुपमा प्रयोग गर्यो तर शिक्षक स्वयंले गुलेली बन्नुपर्ने थियो। शिक्षक नेतृत्व सदैव चुकेको छ र राजनैतिक नेतृत्व लगायत सरकार हेरिरहेको छ। चार महिनासम्म शिक्षकलाई तलव उपलव्ध नगराउने कुनै पनि तहको नेपालको सरकार शिक्षा, र शिक्षक प्रेमी भएको छैन।
- त्यसैले शिक्षकको आन्दोलन गौडा कुरेर बसी सिकार गर्ने बाघ, सिंह र चितुवाको चालमा होइन सूर्यको तेज प्रकाश र चन्द्रमाको सितलताको रुपमा सोचका साथ अन्तिम परीक्षाको नतिजा प्रकाशन गरी, विद्यार्थी भर्ना गरिसकेपछि शिक्षक अन्यायमा परेको छ भन्ने सोच विद्यार्थी र अभिभावकको मन मस्तिष्कमा भरिसकेपछि शिक्षक राजनैतिक नेतृत्व र तीन तहका सरकारमाथि धावा बोल, आवश्यक परेमा एकमुष्ट नेपालका सबै शिक्षकले राजिनामा दिइ अगाडि बढेको अवस्थामा तीन तहको सरकार र राजनैतिक नेतृत्व एक दिनमा नै घुँडा टेक्नेछ। तर त्यो सामर्थ्य लोभि पापी र चाकडीमा रम्ने शिक्षक नेतृत्व गर्न सक्दैन। त्यसैले पहिले कार्य शिक्षक अध्ययनशील हुँदै सबैलाई सबल सिकाउन सक्ने सामर्थ्य राख्न सक्नुपर्छ।
- शिक्षक महासङ्घ सरकारसँग धावा बोल। अन्तिम अस्त्रको रुपमा मात्र शिक्षकलाई सडकमा नबोलाउ। तिमीलाई शिक्षकको पक्षमा वकालत गर्ने सामर्थ्य राख्छौ भनी पठाएको छ। यदि त्यती गर्ने सामर्थ्य छैन भने शिक्षक नेता हुँ भनेर हिड्ने अधिकार छैन। त्यसैले पहिलो सावधान शिक्षक नेतृत्व! दोस्रो सावधान शिक्षा मन्त्रालयका राष्ट्रसेवकहरु, तेस्रो सावधान तीन तहका सरकार र चौथौ सावधान नेपालका राजनैतिक दलहरु।
- सम्झौता गर्ने तर पुरा नगर्ने आन्दोलन र बिलौनाको लागि गरिने आन्दोलन सबैका लागि घातक छन्।
- शिक्षक आन्दोलन जरुरी छ तर आन्दोलन गर्नुभन्दा अगाडि शिक्षक को के का लागि, कसका लागि, शिक्षक समुह २२/२२ समुहमा विभाजन गर्दैगर्दा शिक्षक नेतृत्व कहाँ थियो। यो कमजोरी सरकारको मात्र नभएर ततसमयका शिक्षक नेतृत्वको पनि हो। त्यसैले शिक्षक आन्दोलन जरुरी छ, तर ठिक समयमा। ठिक सोचका साथ। सधैँ शिक्षक सडकमा आउने बाताबरण तयार नगर सरकार। शिक्षक एक पटक हनुमानको हुँकार सहित सडकमा आए भने तिम्रो अस्तित्व माथि संकट उठ्न सक्छ। सम्बन्धित सबै साबधान!
- सम्बन्धित सबैले बुझ्नुपर्छ शिक्षकको ठाउँ सडक होइन विद्यालय नै हो। विद्यालयबाट शिक्षकलाई सडकमा पुर्याउने कार्य समग्र तीन तहको सरकारले बुझ्नुपर्छ र राजनैतिक नेतृत्वले बुझ्नुपर्छ। शिक्षक सडकमा निस्कनु बाध्यपर्नु गलत हो।


