भक्तपुर / ठिमी नगरपालिका वडा नम्बर ४ मा संचालित शंखधर बचत तथा ऋण सहकारी संस्था लि.सामाजिक उपसमितिद्वारा ६८ ओैं राष्ट्रिय सहकारी दिवसकाे उपलक्ष्यमा १५ओै बृहत खुल्ला रक्तदान कार्यक्रम शनिबार सम्पन्न भयाे ।
भक्तपुर रेडक्रसकाे प्राविधिक सहयाेगमा भएकाे कार्यक्रममा महिला १२ र पुरुष ३२ गरी ४ ४ जना युवाहरुले रक्तदान गरे ।
उक्त अवसरमा ३७ ओै पटक ५० वर्षका सुनिल याकमी र २२ओैं पटकका श्रीराम श्रेष्ठलगायत सहभागीहरुलाई संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठसहित पदाधिकारीहरुबाट प्रमाणपत्र प्रदान गरियाे । शंखधर सहकारीले संस्थाले आफ्ना सामाजिक उत्तरदायित्वअन्तरगत साेही उपलक्ष्यमा प्रत्येक वर्ष रक्तदान , आँखा शिविर आदि सामाजिक काम गर्दै आएकाे प्रबन्धक राजेन्द्रकुमार कायस्थले जानकारी दिए ।







