रास्वपाले कार्यवाहक सभापति डिपि अर्याललाई दियो

रास्टिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। सचिवालय बैठकले अदालतको निर्णयको सम्मान गर्दै कानुनी आधारमा न्याय खोज्ने निर्णय गरेको छ।

साथै, चैत २३ गते शनिबार ( आज ) भरतपुरमा हुने सभा शान्त र सौम्य बनाउन निर्देशन दिइएको छ।