नेपालमा रासायनिक मलको अभावप्रति अखिल नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएकोे छ । यस वर्षको चैते धान, मकै बाली लगायत नियमित व्यवसायिक खेति गर्दै आईरहेका किसानहरु मलको अभावले समस्यामा परेका छन् । मलको अभावले कृषि उत्पादन र किसानको जिविकोपार्जनमा पूनः प्रभाव पर्ने किसानहरुको चिन्ताप्रति किसान महासंघको चासो बढेको छ ।
यथासिघ्र मलको सहज आपूर्ति गर्न नेपाल सरकारसंग अखिल नेपाल किसान महासंघ जोडदार माग गर्दछ ।



