राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार चितवनको भरतपुरबाट ‘जनयात्रा’ कार्यक्रम शुभारम्भ गरेको छ।

पार्टी सभापति रवि लामिछाने प्रहरी हिरासतमा रहेका बेला उपसभापति, सांसद र केन्द्रीय सदस्यहरूले भरतपुर–१० को गेष्ट हाउस चौरमा घण्टी बजाएर कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन्। पार्टीले यो अभियानलाई देशव्यापी बनाउने योजना बनाएको छ। चितवनबाट सुरु भएको जनयात्राले जनतासँग प्रत्यक्ष संवाद र सहभागितामार्फत राजनीतिक सन्देश प्रवाह गर्ने रास्वपाको भनाइ छ।