राप्रपा आफैंले गर्‍यो फोहोर सफा, बालेनले दिए- धन्यवाद

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सार्वजनिक स्थानमा फोहोर नगर्न सबैलाई आग्रह गरेका छन् । ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

राप्रपाले मंगलबार आफ्नो कार्यक्रममा गरेको फोहोर सरसफाइ गरेको भन्दै मेयर शाहले धन्यवादसमेत दिएका छन् । 

‘सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ,’ बालेनले भनेका छन् । 

हालै राजावादीको आन्दोलनका क्रममा समर्थकले फोहोर गरेको भन्दै काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गराएका थिए ।

महानगरको उक्त कदमप्रति राप्रपाले असन्तुष्टि जनाएको थियो । उसले आज भने जरिवाना तिर्नुपर्ने त्रासले त्यसअघि नै फोहोर सफा गरेको छ ।