राप्रपाका नेता र कार्यकर्ताहरू बल्खु चोकमा भेला भै कार्यक्रम सुरु गरेका छ । पार्टीले बल्खुमा आमसभा आयोजना गर्ने जनाएको छ, जहाँ अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू सम्बोधन गर्नेछन्। सभा दिउँसो १२ बजेबाट सुरु हुनेछ। सुरक्षा व्यवस्था कडा बनाइएको छ र राप्रपाले घुसपैठ रोक्न आफ्ना स्वयंसेवकहरू परिचालन गरेको जनाएको छ। पार्टीले राजसंस्था पुनर्स्थापना र हिन्दुराज्यको पक्षमा प्रदर्शन गर्दै आएको छ।



