युद्धविरामका लागि भारत र पाकिस्तान सहमत भए : डोनाल्ड ट्रम्प


काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको घोषणा गरेका छन्।

ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसल मार्फत अमेरिकाको समन्वयमा भारत र पाकिस्तानल तत्काल युद्धविरामको लागि सहमत भएको दाबी गरेका हुन्।

यसैबीच पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले तत्काल लागू हुनेगरी भारतसँग युद्धविराम गर्न सहमति भएको जनाएका छन्।

पाकिस्तानी उपप्रधानमन्त्रीलाई उल्लेख गर्दै बीबीसीले लेखेको छ ‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ।’