मेरो सहभागीता नेपाल शिक्षक महासंघको आन्दोलनमा किन?

निमित्त प्रधानाध्यापक श्री चन्द्र कान्त पण्डित
पशुपति मित्र माद्यमिक विद्यालय चाबहिल काठमाडौं


  • किनकि म एक शिक्षक हुँ र शिक्षक र कर्मचारीको समुहबाट म अलग रहन सक्दिन।
  • म नेपालको संविधान २०७२ अक्षरंस पालना होस र गणतन्त्र मजबुत होस भन्नको लागि र जुन संविधानले नेपालको नागरिकले कक्षा १२ सम्मको शिक्षा निशुल्क पाउने कुरा मौलिक हक र कर्तब्य भित्र राखेको छ जुन विद्यार्थीले पाउनैपर्छर त्यसको आवाज शिक्षक बन्नुपर्छ। यो माग जोडदार रुपमा राखेको भए हाम्रा विद्यार्थी र अभिभावकले पनि यो आन्दोलन समग्र शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकको पनि हो भन्ने हुन्थ्यो भन्ने लागेको शिक्षक हुँ ।
  • शिक्षक आन्दोलन गर्दैगर्दा कहीँ कते विद्यार्थी र अभिभावकलाई प्रभाव पार्ने केही मुद्दा जोडदार रुपमा राख्नुपर्छ भन्ने शिक्षक हुँ।
  • म शिक्षण पेशालाई मन, वचन र कर्मले अँगालेको व्यक्ति हुँ।
  • म विद्यालय पोशाक बिना न विद्यालय न आन्दोलनमा नै सहभागी भएको छु।
  • यतिन्जेलसम्म मलाई यो आन्दोलनले मेरो व्यक्तिगत माग कुनै छुँदैन तर पनि म २७ दिनमा २५ दिन पूर्ण रुपमा सक्रिय भएको छु तर मैले केही पाउने आशा राखेको छैन।
  • मरो बाले छोरा नेपाल सरकारको अधिकृत भैदिए हुन्थ्यो भन्ने चाहना राख्दै गर्दा पनि पेशामा सर्वोत्कृष्ट पेशा शिक्षण हो भन्ने सोचले जरा गाडेको थियो र आज पनि त्यही सोचमा अडिग छु। म जहाँ छु , खुशी छु। म अन्यत्र कुनै पेशामा रहेको भए मैले सदैव मुस्कुराइरहेको विद्यार्थीको अनुहार पढ्न पाउने थिएन। आज तीनै विद्यार्थी भाइबहिनीहरुको मुस्कुराहट र शिक्षक र कर्मचारीको साथले म खुशी छु। अरु खुशी नहुनुमा वस्तुगत बुझाइको गहिराइको मात्रा कम हुन सक्छ।
  • मेरो आन्दोलनमा सहभागिता जित्न र बित्नको लागि नभएर शिक्षक द्वीप हो , द्वीपको कार्य जस्तै चेतनाको ढोका खोली नेपाली समाजलाई सत मार्गमा डोर्याउन को लागि हो र आन्दोलनले केही नपाउँदा पनि पेशामा रमाउने व्यक्तिहरु छन् भनी नेपाल समाजको लागि पनि हो र केही नपाउँदा आओफु
  • यो राष्ट्रले धन्नै १० वर्षसम्म शिक्षकको लागि विज्ञापन नगरेर १० वर्षको अस्थायी सेवा जम्मा भएको शिक्षक हुँ। मलाई थाहा छ हिजोको दिनमा शिक्षक नेतृत्वले गलत गरेको हो र आज र भोली पनि त्यही गर्छ।
  • हिजोको शिक्षक नेतृत्वले पेन्सन प्रयोजनको लागि ७ वर्ष गणना गरेको छ तर अरुको लागि होइन । त्यसैले यो विभेद गर्न सिपालु छ र भोली पनि त्यही गर्छ।
  • सरकारले शिक्षकलाई सदैव मटेङ्रा, बारुद र गोली बनाएको महशुस नेतृत्वले गर्न सकेन , त्यसमा पनि शिक्षक संघको नेतृत्व जसले गर्नुभयो। शिक्षक संघको केन्द्रिय नेतृत्व केशव ज्ञवाली बाहेक अन्यले केही राजनैतिक नियुक्ति पनि पाएको छैन तर नेपाली काँग्रेसलाई मन ,वचन र कर्मले आफ्नो भनी लागि रहेको अवस्था छ।त्यसमा पनि मोहन ज्ञवालीको त पेन्सन समेत भएको छैन।
  • पहिलो शिक्षक संघको केन्द्रिय अध्यक्ष देवेन्द्र प्रसाद उपाध्याय पनि पेन्सन पाउनुभएको छैन।
  • मेरो सहभागिता शिक्षक आन्दोलनमा समग्र शैक्षिक उन्नतिका लागि हो।
  • मेरो सहभागिता शिक्षक आन्दोलनमा विद्यालयका शिक्षक कर्मचारी हरु भोको पेटमा विद्यार्थीलाई खुशी पार्न सक्दैनन् भन्ने हो। यदि उनीहरु भित्रैदेखि खुशी हुन सके भने विध्यार्थी खुशी पार्न सक्छन्, जव विद्यार्थी खुशी हुन्छन् तव विद्यालयको नतिजा पनि राम्रो हुन्छ भन्ने ठम्माइ नै हो।
  • मलाई थाहा छ मेरो १० वर्षको अस्थायी सेवा अवधि गणना मेरो लागि गर्दैन , गर्ने भए हिजो गर्थ्यो । तर पनि समग्र शिक्षक कर्मचारीको वृति विकासको लागि यसमा सहभागी हुनुपर्छ र भएको छु।
  • खवरदार बिना निष्कर्षमा आन्दोलनबाट बाहिर ननिस्क : तिमीले आन्दोलनको सुरुवात कि जितिन्छ कि बितिन्छ भनेका छौं।
  • आन्दोलनको मोड्यालिटी बदल, बालबालिकालाई पढ्न पाउने हकबाट बन्चित नगर, मेरो शरिरमा एक थोपा रगत भैन्जेलसम्म मेरो साथ शिक्षक आन्दोलनलाई हुनेछ।
  • घरको एक कोठाबाट विद्यार्थी विद्यालय अर्को कोठाको विद्यार्थी धुलोमा राख्ने अधिकार शिक्षकलाई छैन। यसमा ध्यान पुर्याउँछु भन्ने विस्वास छ।
  • मलाई राम्रोसँग थाहा छ विद्यालयको पहिलो पुन्ज विद्यार्थी हो दोस्रो शिक्षक र कर्मचारी अनि अरु। आजको शिक्षकले बुझ्नु पर्छ आफ्नो पेशालाई मन, वचन र कर्मले अँगाल्नु पर्छ। मन ,वचन र कर्मले शिक्षा पेशा अँगाल्ने व्यक्ति कहिल्यै पनि विद्यालय भन्दा बाहिर रहन चाहँदैन र उसले सम्झन्छ आजको विद्यालय संरक्षण गरे भोलिका लागि पनि विद्यालय रहनेछन। विद्यालय रहे , विद्यार्थी रहे मात्र शिक्षक कर्मचारी रहन सक्छ, नेतृत्वले राम्रोसँग बुझोस।

फेरी पनि भन्छु:
२८ औं दिनमा पनि शिक्षक आन्दोलन उर्जाका साथ अगाडि बढ्ने छ। सरकारसँग वार्ताका लागि जाने नेतृत्वले तपसिलका नारा नबिर्सनु हुन अपिल छ:

  • कि जितिन्छ कि बितिन्छ।
  • शिक्षकसँग पहिला गरिएका सम्झौता कार्यान्वयन गर।
  • शिक्षा ऐन बिना घर फर्कन्नौ।