मानवअधिकार एलाइन्सको अध्यक्षमा विदुर सुवेदी

काठमाडौं –  नेकपा (एमाले) निकट राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को छैटौँ राष्ट्रिय अधिवेशनले विदुर सुवेदीको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौँमा आज सम्पन्न अधिवेशनले सुवेदीसहितको कार्यसमितिलाई सर्वसम्मत चयन गरेको एमाले केन्द्रीय सदस्य तथा मञ्चका इन्चार्ज विष्णु रिजालले जानकारी दिए ।

उपाध्यक्षमा मञ्जु गुरुङ र मोहम्मद नइम अन्सारी, महासचिवमा तिलोत्तम पौडेल, उपमहासचिवमा नरेन्द्र डङ्गोल, सचिव (सङ्गठन) मा मधुसुदन सापकोटा, सचिव (प्रचार) मा प्रदीपकुमार लामिछाने तथा सचिव (विदेश) मा रोशना खड्का र सचिव (अर्थ) मा पिवन्त न्यौपानेलाई चयन गरिएको छ । अधिवेशनको बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।