मन्त्रिपरिषद्को बैठक बस्दै ,गभर्नर नियुक्तिको विषयमा छलफल हुने अपेक्षा

आज मन्त्रिपरिषद्को बैठक बस्दै, यसमा गभर्नर नियुक्तिको विषयमा छलफल हुने अपेक्षा गरिएको छ। राष्ट्र बैंकको गभर्नर नियुक्तिमा लामो समयदेखि ढिलाइ भइरहेको छ।

गुणाकर भट्टलाई गभर्नर बनाउन सत्तारुढ दलहरूबीच सहमति भए पनि गभर्नर नियुक्तिका लागि बनेको समितिबाट उनको नाम सिफारिस हुन सकेको छैन। समितिको रिक्त सदस्यता पनि भर्नुपर्नेछ। सिफारिस समितिले पूर्णता पाएपछि मात्र गभर्नरको नाम सिफारिस हुनेछ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच गभर्नर नियुक्तिको सहमति भएको र यसै हप्ता निर्णय हुने आशा गरिएको छ।