काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस सुर्खेतमा आगामी चैत १८ गते हुने स्ववियु निर्वाचनको लागि अखिल (छैठौं) को तर्फवाट लेनिनकुमार रेग्मी अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।
भगवतीमाई गाउँपालिका वडा नं. ३ दैलेखमा जन्मनुभएका रेग्मी हाल मध्यपश्चिम सो क्याम्पसमा इन्जिनियरिङ सङ्काय सातौँ सेमेस्टरमा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्दै हुनुहुन्छ ।
अखिल (छैठौं) को विद्यार्थी आन्दोलनमा सानैदेखि सक्रियतापूर्वक सहभागी हुनुभएका उहाँ हाल मध्यपश्चिम विश्वविद्यालयको इन्चार्जसमेत हुनुहुन्छ ।
उहाँले विद्यार्थी आन्दोलनका एजेन्डासहित क्याम्पसलाई सुदृढ शैक्षिक संस्थाको रूपमा विकास गर्न आफ्नो उम्मेदवारी रहेको दाबी गर्नुहुन्छ ।
उहाँले १८ बुँदे आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै आफूलाई विजयी गराउन अपिल गर्नुभएको छ ।




