बुढानीलकण्ठमा स्थलगत कृषिकस्तर जैविक मल प्रवर्दन तालिम सम्पन्न

बुढानीलकण्ठ, काठमाडौँ — बुढानीलकण्ठ नगरपालिकाको सभाहलमा आज स्थलगत कृषकस्तर जैविक मल प्रवर्दन विषयक एक दिने तालिम सम्पन्न भएको छ। यस तालिममा स्थानीय कृषकहरूले जैविक मलको उत्पादन, प्रयोग र प्रवर्दनका विधिहरूबारे जानकारी प्राप्त गरे।

तालिममा कृषि विज्ञहरूले जैविक खेतीको महत्व, जैविक मल निर्माण गर्ने तरिका, र यसले स्वास्थ्य तथा पर्यावरणमा पर्ने सकारात्मक प्रभावबारे विस्तृत प्रस्तुती दिए। उनीहरूले कृषकहरूलाई रासायनिक मलको प्रयोग घटाउँदै जैविक तथा प्राकृतिक उपाय अपनाउन आग्रह गरे।

नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी ज्युले यस्ता तालिमहरूले स्थानीय कृषकहरूको ज्ञानवर्दन गर्ने र टिकाऊ कृषि प्रवर्दनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। तालिम सहभागीहरूले यसबाट धेरै फाइदा भएको बताउँदै आफ्नो कृषि कार्यमा जैविक मल प्रयोग गर्ने प्रतिबद्धता जाहेर गरे।

यस तालिमले क्षेत्रमा जैविक खेती प्रवर्दन गर्ने र किसानहरूको आय वृद्धि गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।