बुढानिलकण्ठ नगरपालिकाले ८५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक (आमा/बुवाहरु) लाई निशुल्क स्वास्थ्य जाँच सम्पन्न

बुढानिलकण्ठ नगरपालिकाले ८५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक (आमा/बुवाहरु) लाई निशुल्क स्वास्थ्य जाँच सेवा उपलब्ध गरायो।
हिजो सोमबार स्वास्थ्य शिविरको आयोजना हो । सो अवसरमा ज्येष्ठ नागरिकहरूलाई सहजता प्रदान गर्न थर्मस पनि वितरण गरिएको छ।

नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले संयुक्त रूपमा यस कार्यक्रमको उद्घाटन गरेका थिए। उनीहरुले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच बढाउन यो स्वास्थ्य शिविर आयोजना गरिएको बताए।

यातायात व्यवस्था गरिएको थियो ।
स्वास्थ्य शिविरमा सहभागी हुन आउने ज्येष्ठ नागरिकहरुका लागि नगरपालिकाले निःशुल्क यातायात सेवा पनि उपलब्ध गराएको छ। बुढानिलकण्ठ वडा नं. १० मा निम्न रुटमा गाडी सञ्चालन गरिएको थियो । जेष्ठ नागरिक खुसी हुदै

नगर प्रमुख अधिकारीले यस्ता सेवाहरु निरन्तर रूपमा विस्तार गर्ने बताएका छन्। यसरी ज्येष्ठ नागरिकहरुको स्वास्थ्य र सुविधाको लागि नगरपालिकाले विशेष पहल गरेको छ।

नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले पिपलबोट अनलाईन र पिपलबोट टिभीसंग कुराकानी गर्दै जेष्ठ नागरिक भनेका भगवान हुन , भन्दै योस्ता कार्यक्रम निरन्तर रूपमा गरिने बताउनु भयो।