नेपाल बार एसोसिएसनको निर्वाचन :पा. डा बिजय मिश्र भारि मतान्तरले विजयी

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा प्रा.डा विजयप्रसाद मिश्रको प्यानल निर्वाचित भएको छ । 

अध्यक्षमा मिश्र २ हजार ४३१ मतान्तरले विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत ल्याएका छन् । 

यस्तै वरिष्ठ अधिवक्ता केदार कोइराला २ हजार ३६७ मतले विजयी भएका छन् । कोइरालाले ४ हजार ८७४ मत पाउँदा न्यौपानेले पाएको मत २ हजार ३६७ रहेको छ ।