प्रधानमन्त्री केपी शर्मा ओलीद्रारा लुम्बिनीमा अर्को वर्ष अन्तर्राष्ट्रिय स्तरमा बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा अर्को वर्ष अन्तर्राष्ट्रिय स्तरमा बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा गरेका छन्। २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा उनले लुम्बिनी गुरुयोजना पूर्ण रूपमा कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता दोहोर्‍याए। बुद्धको सन्देश विश्वका लागि सान्दर्भिक रहेको भन्दै उनले शान्ति, करुणा र प्रेम फैलाउन सबैले भूमिका खेल्नुपर्ने बताए।