नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अभिभावकलाई बालबालिकालाई विद्यालयमा भर्ना गराएर नियमित रूपमा पठाउन आह्वान गरेका छन्। उनले शिक्षा क्षेत्रको बजेट बढाउने र विद्यालय शिक्षा विधेयक २०८१ पारित गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, शिक्षा क्षेत्रमा सुधार गर्न सीप र प्रविधिको समावेशीकरण र प्राविधिक शिक्षा र तालिममा लगानी बढाउने तयारी गरिएको छ।



