काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा बोलाएको छ। यही फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आगामी चैत १० गते बस्ने भएको छ ।
पर्वतको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा बिहान ११:३० बजे आयोजना गर्ने निर्णय गरेको छ। वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो।
साधारण सभाले संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेको छ। बोनस सेयर जारीपश्चात् चुक्तापूँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्ध पत्र संशोधन गर्ने प्रस्ताव पनि पेश गरिने छ।



