नेपाल टाईगर साप्ताहिकको ३३औं वार्षिकोत्सव र विभिन्न व्यक्तित्वहरुलाई सम्मान /अभिनन्दन सप्पन्न

विगत ३२ बर्ष देखि निरन्तर प्रकाशनमा रहेको नेपाल टाईगर साप्ताहिकको ३३ औं बार्षिकोत्सव काठमाडौँको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो ।

यो पत्रीका नेपालमा २०४६ सालको जनआन्दोलनको उपलब्धिको रुपमा स्थापना भएको बहुदलिय व्यवस्थाको शुरुवात संगै स्थापना भएको हो।
नेपाल टाईगर साप्ताहिकको आज ३३ औं वार्षिकत्सव तथा अभिनन्दन कार्यक्रम-२०८१ भव्यताको साथ सम्पन्न भएको छ ।

पुर्व प्रधान न्यायधिश तथा मन्त्री परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले नेपाल टाईगर साप्ताहिक ३३ वर्ष लागेको अवसरमा प्रकाशित स्मारिका — २०८१ समेत विमोचन गर्नु भएको थियो । प्रमुख अतिथि
कार्यक्रममा बिभिन्न माध्यमबाट सामाजिक रुपान्तरणको अभियानमा योगदान पुर्याउने तेह्रथुम जिल्लाको पहिलो नाटककार तथा सवारिचालक प्रशिक्षण सम्बन्धि पुस्तकका लेखक हरिभक्त बुढाथोकी,नेपाली सेनाका पुर्व उपरथि शेखर सिंह बस्न्यात, नेपालकै पहिलो महिला जिल्ला शिक्षा अधिकारी तथा दोश्रो महिला सिडियो अम्बिका के.सी., अर्थविद डा.रेवत बहादुर कार्कीलाई अभिनन्दन गरिएको थियो ।
यस्तै कार्यक्रममा समाजका बिभिन्न क्षेत्रमा सकृय बगला रेग्मी,ज्योती रन्जित,ई.केशवराज बिष्ट,डा.राम बहादुर बिष्ट,व्यवसायी साजीद खान,व्यवसायी विनित रावल,नारायण देवकोटा,साबित्री घिमिरे तथा कलाकार भुपेन्द्र पराजुली लाई प्रमुख अतिथिको हातबाट सम्मानपत्र सहित खादा माला लगाएर अभिनन्दन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रधान न्यायधिश तथा मन्त्री परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले वर्तमान सुचना संचारको युगमा मिडियाको महत्व बढ्दै गएको मात्र नभएर यस्तो डिजिटल युगमा छापा मिडिया लाई टिकाई राख्नु चुनौतिपुर्ण रहेको बताउनु भयो । यस्तो बेलामा समेत ३३ बर्ष यो साप्ताहिक पत्रिका टिकाईराख्ने यो टिमको साहस सामाजिक रुपान्तरणको अभियानमा मनन योग्य रहेको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सञ्चार माध्यमलाई अंकुश होईन नियमन गनुपर्ने बताउनु भयो । आजको युगमा संचार माध्यम भनेको सबैको कुरालाई सकारात्मक रूपमा लेख्न प्रेरणादायी भुमिका खेल्नु पर्ने भनाई राख्नु भयो।

त्यसैगरी  विशिष्ट अतिथि वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले देशको चौथो अंगको रुपमा रहेको मिडिया क्षेत्रले सामाजिक रुपान्तरणको पहिलो अंग बनेर कार्य गर्नुपर्ने बताउनु भयो ।

आफ्नो व्यस्त समयलाई समेत मिलाएर साप्ताहिकको यो कार्यक्रममा उपस्थित भएर कार्यक्रमको गरिमा बढाएको भन्दै स्मारिकाका कार्यकारी सम्पादक रविन सिंह बस्नेतले सबैलाई आभार समेत व्यक्त गर्नु भएको थियो ।
आयोजकपक्षले अतिथि तथा कार्यक्रममा सकृय सहयोग गर्नेहरुलाई समेत मायाको चिनो प्रदान गरेको थियो ।
कार्यक्रम समापन गर्दै साप्ताहिकका प्रधान सम्पादक मधुबहादुर बस्नेत क्षेत्रीले  सबैको साथ र सहयोगले संस्था अहिलेसम्म टिकेको तथा आगामी दिनमा समेत यसरिनै सहकार्य र सहयोगबाट अगाडी बढ्न आफ्नो टिम प्रतिबद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई दोसल्ला सहित सम्मान गरिएको थियो भने साहित्यकार हरिभक्त बुढाथोकी, समाजसेवी उपरथी शेखरसिंह बस्न्यात, सामाजिक अभियन्ता तथा प्रथम महिला प्रशासक अम्बिका के.सी., अर्थविद् रेवतबहादुर कार्की, कानुनकर्मी बगला रेग्मी, सामाजिक अभियन्ता ज्योति रञ्जित, ईन्जिनियरिङ्ग सेवामा क्रियाशिल ब्यक्तित्व ई.केशवराज बिष्ट, चिकित्साक्षेत्रमा रहेर निष्ठा र ईमान्दारितापूर्वक समाजसेवामा सक्रिय डा. रामबहादुर विष्ट, ब्यवसायी साजीद खान, विनित रावल, नारायण देवकोटा, सामाजिक अभियन्ता सावित्री घिमिरे, तथा चार दशक देखि कलाकर्ममा सक्रिय कलाकार भुपेन्द्र पराजुली लगायत विभिन्न क्षेत्रमा ख्यातिप्राप्त गर्नुभएका विशिष्ठ ब्यक्तित्वहरुलाई सम्मान् गरिएको थियो ।

सो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सदनमा आयोजना गरिको थियो । कार्यक्रममा संचारकर्मी प्रकाश समिरले संचालन गर्नुभएको थियो भने पत्रिकाका प्रधान सम्पादक मधुबहादुर बस्नेत क्षेत्रीको सभापतित्वमा समापन भएको थियो ।