फागुन ११ /२०८१ कामान्डौ नेपाल
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)को जनबर्गिय संगठनको संयुक्त भेला फागुन २२,२३,२४ मा काठमाडौ हुने भएको छ।
जनबर्गिय संगठन बिभाग प्रमुख मधु बिसिले पिपलबोट अन्लाईन लाई जानकारी दिनु भयो। सो भेला कार्यक्रम भब्यर हुने उहाँ भन्नू भयो।नेकपा संयुक्तको जनबर्गिय संगठनमा नेपाल ट्रेड यूनियन फेडेरेसन, नेपाल राष्ट्रीय युवा फेडेरेसन ,नेपाल रास्टिय दलित केन्द्र , नेपाल किशान फेडेरेशन र नेपाल महिला फेडेशन छ्न। बाईस (२२) जिल्लामा संगठन रहेकोे संयुक्तले उत्त कार्यक्रम भब्य र सब्य बनाउन लागेको बिसिले जानकारी दिनु भयो। पहिलो दिन फागुन २२ गते जुलुस सहित उद्गघाट्न हुने छ। तेसपछि अरु कार्यक्रम हुनेछ्न । कार्यक्रमको प्रमुख अतिथिका नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का केन्द्रिय अध्यक्ष चन्ददेव जोशी गर्नु हुनेछ । भेलामा पार्टीका बरिस्ठ नेताहरु पनि सहभागी हुनेछ्न । यस भेलालाई बयोबृद बरिस्ठ अधिवता श्री कृष्ण प्रसाद भन्डारिले समेत सम्बोधन गर्नु हुनेछ।
जिल्ला जिल्लामा प्रतिनिधीहरु चयनमा लागि नेताहरु पुगेका छ्न।
नेकपा संयुक्तमा आवद्ध संगठनहरुले जिल्लाहरूमा यस राष्ट्रीय भेलालाई सुफल पर्ने तयारी गर्दै लागि परेका छन।
यस पार्टीको केन्द्रिय कार्यालय, संयुक्त गल्ली सेतोपुल, पेट्रोलपम्प, मैतिदेवी इन्दु भवन, काठमाडौं रहेकोे छ।
नेकपा संयुक्त पार्टी र अध्यक्ष चन्द्रदेव जोशी
१. नेकपा संयुक्त पार्टीको परिचय
नेकपा संयुक्त नेपालमा सानो तर प्रभावशाली कम्युनिस्ट पार्टी हो। यो पार्टी विभिन्न समयमा पुनर्गठन हुँदै आएको छ। हालै पुनः सक्रिय भई यसले केही महत्वपूर्ण राजनीतिक गतिविधिहरू सञ्चालन गरिरहेको छ।
२. चन्द्रदेव जोशीको राजनीतिक यात्रा
चन्द्रदेव जोशी लामो समयदेखि नेपाल कम्युनिस्ट आन्दोलनमा सक्रिय नेता हुन्। २०४२ सालको बमकाण्डमा जेल परेका जोशीले २०४३ सालमा पञ्चायती व्यवस्थाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए तर पराजित भए। २०४८ सालको निर्वाचनमा पनि नेकपा संयुक्तका तर्फबाट उठेका थिए, तर त्यतिबेला पनि पराजित भए। २०६४ को पहिलो संविधानसभा चुनावमा भने उनी नेकपा संयुक्तका तर्फबाट सांसद चुनिए र केही समय मन्त्री बने ।
नेकपा संयुक्त नेपालका साना तर क्रियाशील वामपन्थी शक्तिहरूमध्ये एक हो। यसको नेतृत्व गरेका चन्द्रदेव जोशी लामो समयदेखि कम्युनिस्ट राजनीतिमा क्रियाशील छन्।
फोन : ०१-४५२७४१६



