देशभर तीनवटा मौसम प्रणाली सक्रिय,सतर्क रहन मौसम विभागको आग्रह

देशभर तीनवटा मौसम प्रणाली सक्रिय छन्। अहिले पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको भिजेको हावाको असर छ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लागेको छ। केही ठाउँमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

सोमबार पनि यिनै प्रदेशहरूमा मेघगर्जनसहित वर्षा हुन सक्छ। गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षा हुन सक्छ। हिमाली भेगमा हिमपातको सम्भावना छ।

जनजीवन, खेतीपाती र यात्रा प्रभावित हुन सक्ने भएकाले सतर्क रहन मौसम विभागले भनेको छ।