बैशाख २१ गते आईतबारको
आजको मिति वि.सं २०८२ बैशाख २१ गते आईतबार ई.सं २०२५ मे ४ नेपाल सम्बत ११४५ बछलाथ्व सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल सप्तमी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, गण्ड योग, वणिज करण । आज बिहान ५ बजेर २४ मिनेटमा झुल्किएको घाम भरे साँझ ०६ बजेर ३९ मिनेटमा अस्ताउने छ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय केही चुनौतीयुक्त छ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । मातृ–स्वास्थ्यस्थिति कमजोर बन्नाले चिन्ता बढ्न सक्छ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग रहेकोले विशेष सजगताको दरकार छ । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । दाजुभाइ तथा दिदिबहिनीबीच केही असमझदारी बढ्ने सम्भावना छ, सजग रही व्यवहार गर्नुहोला । खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । आज ठूला ब्यक्तिबाट मानसम्मान प्राप्त हुने योग पनि छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख वृद्धिले उत्साह बढाउनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापार–व्यवसायबाट भने फाइदै हुने दिन छ । आर्थिक समस्या समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । विगतका कमजोरी सच्याउने मौका मिल्ला । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर पाइनेछ । धनलाभ पनि होला । व्यस्तताका साथै आनन्द बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विभिन्न अवसरले पछ्याउनेछन् । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । यात्रा र सवारी साधन उपयोग गर्दा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । खर्चवृद्धिका साथै अधैर्यपना बढ्ने र काम नबन्ने डरले सताउन सक्छ । आरोग्यता रहनेछ । शत्रुमाथि विजय प्राप्त होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मिश्रित फलदायी समय छ । प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्नेछ, तर घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या पनि आउन सक्छ, सजग रहनुहोला । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले असन्तुष्टि बढ्ला, संयम रहने प्रयत्न गर्नु उचित हुनेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । यात्राको सम्भावना छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लामो समयदेखि रोकिएका कामसम्पादन गर्न सकिने दिन छ, तर घर खर्च बढ्नुका साथै व्यापार–व्यवसायमा मन्दी आउने देखिन्छ । आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । महत्वपूर्ण अवसर गुम्न सक्छ, ध्यान दिएर काम गर्नु उचित होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पराक्रम बढ्नुका साथै धनलाभ हुनसक्ने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त होला । केही खर्च वृद्धि हुनसक्छ, सजग रहनुहोला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शुभता बढेर रोकिएको काम बन्नेछ । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् । खर्च लागे पनि आजको दिन चिताएको काम बन्ने देखिन्छ । सामाजिक प्रतिष्ठा पाइनेछ भने शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । साथीभाइहरुबाट पनि फाइदा उठाउन सकिएला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): खर्च बढ्ने र आर्थिक अभावले सताउने समय भएपनि विपरीतलिंगी वा केही हितैषी मित्रहरूले साथ दिनेछन् । राजनीतिक पहुँच बढ्नेछ । तथापि भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सावधान रहनु होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । परिस्थितिले साहस वृद्धि गराउनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नियमकानूनले साथ दिएपनि आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्ने समय छ । खराब व्यक्तिको संगतले मान-सम्मानमा चोट पुग्न सक्छ । विशिष्ट तहका व्यक्तिबाट धोका हुन सक्छ, सजग राख्नुहोला । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु उचित हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । प्रतिकुलतका बाबजुद दायित्व पूरा गर्नुहुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त होला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । उद्योगधन्दाबाट विशेष फाइदा प्राप्त होला । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । विशेष उपहार हातलागी हुने योग छ । कृषि व्यवसाय तथा पशुधन पनि लाभकारी सावित होला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । मिठो भोजन प्राप्ति र मनोरञ्जनपूर्ण समय ब्यतीत होला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): शुभदायी समय छ । पराक्रम वृद्धि हुनेछ भने ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । जमिनबाट राम्रो फाइदा मिल्ला । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीतलिंगीहरूको माध्यमबाट बढी लाभ हुने योग छ । प्रेम र मित्रताको बन्धन कसिने तथा दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काम पुनः प्रयत्न गर्दा सफलता मिल्नेछ । सुख विलास बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्



