युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चीनले रूसलाई हतियार र गोलाबारूद दिएको आरोप लगाएका छन्। उनले चीनका प्राविधिकहरू रूसमा हतियार उत्पादनमा संलग्न रहेको र १५५ भन्दा बढी चिनियाँ नागरिक युक्रेनसँगको युद्धमा रूसी पक्षबाट लडिरहेको दाबी गरेका छन्।
चीनले भने यी सबै आरोपलाई अस्वीकार गर्दै आफू युद्धमा तटस्थ रहेको बताएको छ। युक्रेनले प्रमाण पेस गर्ने तयारी गरेको छ।



