चलचित्र ‘लाज शरणम्’को सेन्सर पास,फागुन १४ गतेदेखि प्रदर्शनमा आउने निश्चित

महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई ‘युनिभर्सल सर्टिफिकेट’ दिँदै सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरि पास गरेको हो ।

उच्च अदालत पाटनमा मुद्दा परेपछि चलचित्र प्रदर्शन हुने नहुने अन्योलता थियो । पूर्वमन्त्री मोहम्मद अफताब आलमले चलचित्रमा आफ्नो चरित्रलाई तोडमोड गरी प्रस्तुत गरिएको दाबी गर्दै अदालतमा अन्तरिम आदेश माग गरेका थिए । अदालतले चलचित्रको स्क्रिप्ट र श्रव्यदृश्य अध्ययन गर्ने आदेश दिएपछि यसको प्रदर्शन मिति अन्योलमा परेको थियो ।

तर, सेन्सर बोर्डले चलचित्रलाई पास गरेसँगै अब पूर्वनिर्धारित मितिमा नै प्रदर्शन हुने पक्का भएको छ ।