काठमाडौं – गोरखा काठमाडौं समाजवादी सम्पर्क मंचको प्रथम भेला सम्पन्न भएको छ। सनिबार काठमाडौंको बालाजुस्थित स्कुल अफ इन्जिनियरिङ एड टेक्नोलोजीमा राजकुमार श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय समिति गठन गर्दै सम्पन्न भएको हो।
भेलाबाट निर्वाचित मंचका पदाधिकारीहरुमा अध्यक्ष राजकुमार सी, उपाध्यक्ष पदम सी र काजीराम सी,सचिवमा राजेन्द्र रम्तेल, सहसचिवमा राज सी कोसाध्यक्षमा अन्जली सी सहित २७ सदस्यीय समिति निर्वाचित भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा गोरखाका इन्चार्ज कलिप सीको अध्यक्षता रहेको थियो भने मजदुरका नेता तथा नेकपाका केन्द्रीय सदस्य जिवन्त सी, अतिथि टेक सी रामचन्द्र सी हुनुहुन्थ्यो ।
वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल, सम्पर्क मंचका केन्द्रीय महासचिव सुशील सी, मजदुरका अध्यक्ष टेक सी लगाएको आतिथ्यता रहेको थियो।

गोरखाका जुझारु युवा नेता अनोज सीले संचालन गरेको कार्यक्रममा सबै अतिथी वक्ताहरुले सुभकामना मन्तब्य राख्दै भेलाले स्थायी घर गोरखा भई काठमाडौंलाई कर्मथलो बनाउँदै विभिन्न पेशा ब्यवसायमा आवद्ध साथिहरुलाई समाजवादी अभियानमा जोड्न दुरगामी महत्व राख्ने विश्वास ब्यक्त गरेका थिए।
भेलामा गोरखाका विभिन्न पेशा ब्यवसायमा आवद्ध गोरखालीहरुको उत्शाजनक उपस्थिति रहेको थियो। भेलाबाट निर्वाचित पदाधिकारीसहित सम्पुर्ण निर्वाचित सदस्यहरुलाई नेकपाकी स्थायी समिती सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सी, र अन्य सबै अतिथिहरुले अबिर खादा लगाएर सुभकामना ब्यक्त गरेका थिए।








