गोकर्णेश्वर नगरवासीको लागि शुद्ध पिउने पानी उपलब्ध भयो :नगर प्रमुख दिपक रिसाल

मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका वडा नं १ देखि ९ सम्मका सबै वडाबासिले अब देखि पानी पिउन पाउने छ्न।

गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसालको अथक प्रयास र नगरपालिकाको आर्थिक सहयोगमा अब प्रति घण्टा ८ लाख ६० हजार पानी आउने छ। उहाँले निर्वाचनमा गरेको प्रतिवदता पूरा गरेको स्थानीयले बताए ।

अब सो नगरपालिका वडा नम्बर १ देखि ९ सम्म बीस हजार प्रती घन्टा पानी उपलब्ध हुने भएको छ ।
नगरपालिका भरी कुन कुन ठाउँ पानी आए नआए जानकारी हुने प्रमुख दिपक रिसालले जानकारी दिए।

यदि पानि आएन भने नगरपालिकामा खबर गर्न प्रमुख रिसाल सबैलाई आग्रह गरेका छन।

केही कारणवस पानी नआए त्यसको तत्काल समाधान गरिने उनले बताए छ ।