गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ को आयोजनामा हुँदै आएको मासिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हरेक महिनाको ७ गते जोरपाटीमा आयोजना हुँदै आएको वृहत रक्तदान कार्यक्रम आज योगदान रास्ट्रको लागी गोकर्णेश्वर नगर कार्य समितिको सहयोग तथा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) गोकर्णेश्वर नगर समितिको परामर्शमा भएको योगदान रास्ट्रको लागी गोकर्णेश्वर नगर कार्य समितिका अध्यक्ष कृष्ण प्रसाद चौंलागाईले बौद्ध खबरलाई जानकारी दिनु भयो । आज ३५ पिन्ट रगत संकलन भएको थियो । रक्तदाताहरुलाई नगर प्रवक्ता तथा गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।































