कृषक गोपाल खरेलले कतैबाट सहयोग नपाएको गुनासो

झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नम्बर १० पन्चकन्या टोलका किसान गोपाल प्रसाद खरेलले बिगत लामो समय देखि कृषि गरिरहनु भएको छ । तर उहाँले राज्यबाट कुनै सहयोग नपाएको गुनासो गर्नु भएको छ।
पिपलबोट टिबिसंग अन्तर्वाता दिदै उहाँले बिगत ४ बर्ष देखि सहतरी लाख लगानी गरेर दुई बिगाह जमिनमा कृषि गरि रहनु भएको छ । बाख्रा पालन , सुपारी , नरिवल , मकै लगायत कृषि गरिरहेको जानकारी दिनु भयो । राज्यको कुनै निकायबाट सहयोग नपाए गुनासो गर्नु भयो । ७० वटा बाख्रा पाल्नु भएको छ । १०० सय पचास कुखुरा पालन गरि रहनु भएको छ। मरिच , सुपारीका बिरुवा उत्पादन गरेर बेच्नु हुन्छ।
केराको पात कुहेको घासबाट गड्यौले मल उत्पादन गरि रहनु तर आर्थिक अभावको कारण अझ ब्यब्स्थित तरिकाले उत्पादन गर्न सक्नु भएको छैन। दुई बिगाहमा कृषि गरेको जनाउनु भएको छ। राज्यले बास्तबिक किसान सहयोग गरि कृषि पेसामा रहेका नेपाली जनताको उत्पादन बिक्री बितरण मल खाद्यको प्रर्वध गर्न सके मात्र समृध नेपाल बन्छ ।

कृषिमा राज्यले प्राथमिकता दियो भने आर्थिक क्रान्ति हुने छ उहाँको भनाई थियो। सबै तहबाट सरकारले हातमालो गरिदियको भए राम्रो हुने थियो । बिउ बिजन मल खाद समयमा देवस , स्थानीय उत्पादन बजारीकरण गरिदेवस भनी उहाँको माग रहेको छ। नेपाली युवाहरुले बिदेश पलायन रोकि कृषिमा लगानी गर्नु पर्छ उहाँको भनाई रहेको छ।