काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले भैरव हिटीको उत्खननको अनुगमन गरे। यो हिटी वडा नम्बर ७, गंगाहिटी मार्गमा छ। उनले पुराना पानीका स्रोत र हिटीको पुनरुत्थानका बारेमा निर्देशन दिए। यसै क्रममा गंगाहिटीबाट पानी ल्याउने योजना समेत बनाइयो। वडामा १२ वटा हिटी छन्, जसमध्ये ८ वटा अस्तित्वमा छन्। पुरानो संरचना हटाएर उत्खनन कार्य सुरू गरिएको छ र अहिलेसम्म माअप्पा र ढुङ्गेधारा भेटिएका छन्। यो हिटी अठारौँ शताब्दीको हो र १९४० सालमा जीर्णोद्धार गरिएको थियो।

