काठमाडौँ महानगरपालिकाले वैशाख ८ देखि आधारभूत शिक्षा (कक्षा-८) ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। ननग्रेड (एनजी) भएका विद्यार्थीहरूको लागि यो परीक्षा हुनेछ। परीक्षा केन्द्र सम्बंधित विद्यालयमा तोकिएका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष बनाएर सञ्चालन हुनेछ। परीक्षा सकिएपछि उत्तर पुस्तिका ३ दिनभित्र परीक्षण गरिसक्नुपर्नेछ र प्राप्तांक शिक्षा विभागमा पठाउनुपर्नेछ। १६ वैशाख भित्र उत्तर पुस्तिका स्रोत केन्द्रमा बुझाउनु पर्ने छ।

