सत्तारुढ नेकपा एमालेका सांसद सूर्य थापाले शिक्षकको आन्दोलनमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रसेवक शिक्षक र प्रहरीलाई एउटै सम्मानको दृष्टिले हेर्नुपर्ने बताएका छन्। उनले भने, “राष्ट्रसेवकमाथि आन्दोलनको नाममा यस्तो व्यवहार गरिनु उचित होइन।”
सूर्य थापाले शिक्षकलाई संयमित भएर आफ्नो घोषित आन्दोलनको प्रक्रिया जारी राख्न आग्रह गर्दै सुरक्षाकर्मीलाई पनि संयमित हुनुपर्ने बताए। उनले शिक्षामन्त्रीलाई शिक्षा विधेयकको बारेमा संसद र देशलाई जानकारी दिनुपर्ने आवश्यकता औंल्याए।



